एनएमबिका कार्डवाहकलाई भारतको मेदान्त अस्पतालमा उपचार गराउँदा छुट

एनएमबिका कार्डवाहकलाई भारतको मेदान्त अस्पतालमा उपचार गराउँदा छुट

काठमाडौं : एनएमबि बैंकले भारतको मेदान्त अस्पतालसँग उपचारमा छुट दिने गरी साझेदारी गरेको छ। बैंकका भिसा डेबिट र क्रेडिट कार्डवाहकले मेदान्तमा उपचार गराउँदा उक्त छुट प्राप्त गर्नेछन्।

ओपिडी परामर्श, ल्याब, रेडियोलोजी र प्रिभेन्टिभ हेल्थ प्याकेजहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ। त्यस्तै आइपिडी सेवा अन्तर्गत अस्पतालको कोठा शुल्क तथा विभिन्न जाँच सेवाहरूमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

स्वास्थ्य र सुविधालाई प्राथमिकता दिँदै बैंकिङ सेवाभन्दा बाहिरको सुविधा प्रदान गर्न उक्त सहकार्य गरेको बैंकले जनाएको छ। यो पहलले आफ्ना सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन सहयोग पुग्ने बैंकको विश्वास छ।

एनएमबि बैंकले हाल देशभर १९८ शाखाहरू, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। बैंक यसअघि 'बैंक अफ द इयर एसिया २०२१' बाट समेत सम्मानित भइसकेको छ।

जेठ ४, २०८३ सोमबार १९:११:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।