घट्यो नेप्से, कारोबार रकम २ अर्ब ४५ करोडमा सीमित
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ। आज नेप्से १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा कायम भएको छ।
आज कारोबार रकम घटेको छ। सोमबार २ अर्ब ४५ करोडको कारोबार भयो। शुक्रबार ३ अर्ब ९ करोडको कारोबार भएको थियो।
११९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। यस्तै, १८ कम्पनी स्थिर छन्।
बैंकिङ ०.१४, विकास बैंक ०.०३, हाइड्रोपावर ०.१६, लगानी ०.०९ तथा अन्य समूह ०.३१ प्रतिशत बढे। फाइनान्स ०.०१, होटल तथा पर्यटन ०.२३, जीवन बीमा ०.०७, उत्पादन तथा प्रशाधेन ०.५८, माइक्रोफाइनान्स ०.२४, निर्जीवन बीमा ०.६९ र व्यापार ०.४८ प्रतिशत घटे।
आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, एसवाई प्यानल, अपि पावर र शिवम् सिमेन्ट छन् ।
जेठ ४, २०८३ सोमबार १५:५१:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।