विश्वकप लक्षित एक्स्ट्रीमको अफर, क्यान स्क्यान गर्दा सुनको बल जित्ने मौका

विश्वकप लक्षित एक्स्ट्रीमको अफर, क्यान स्क्यान गर्दा सुनको बल जित्ने मौका

काठमाडौं : एक्स्ट्रीम इनर्जी ड्रिंक्सले आगामी फिफा विश्वकप फुटबल २०२६ लाई लक्षित गरेर ‘स्क्यान मा सुन’ नामक उपहार योजना सार्वजनिक गरेको छ। कम्पनीले नेपाली युवा तथा फुटबल दर्शकमा विश्वकपको उत्साह बढाउने उद्देश्यले यस्तो योजना ल्याएको जनाएको छ। 

उपहार योजनामा सहभागी हुनेमध्ये तीन जना भाग्यशाली विजेताले जनही एक-एक थान सुनको बल पुरस्कार स्वरूप प्राप्त गर्नेछन्।  आगामी जेठ १ गतेदेखि सुरु भई विश्वकप फुटबल २०२६ को खेल अवधिभर यो योजना सञ्चालन हुने कम्पनीले जनाएको छ।

उपहार योजनामा सहभागी हुन एक्स्ट्रीम इनर्जी ड्रिंक्सको क्यानमा अंकित क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। कोड स्क्यान गरेपछि खुल्ने फारममा आफ्नो व्यक्तिगत विवरण भरेपछि स्वचालित रूपमा गोला प्रथामा सहभागी हुन सकिनेछ।

विश्वकप फुटबलको विश्वव्यापी लहरलाई नेपाली दर्शकसँग जोडेर थप प्रोत्साहित र सहभागी गराउन यो योजना ल्याइएको कम्पनीको भनाइ छ। एक्स्ट्रीम इनर्जी ड्रिंक्सले विगतदेखि नै युवाहरूलाई लक्षित गरी विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

जेठ ४, २०८३ सोमबार १८:५९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।