टाटा मोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ को आज दोस्रो दिन, गाडी साट्दा पाइनेछन् यस्ता सुविधा
काठमाडौं : टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आयोजना गरेको विशेष एक्सचेन्ज मेला ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’को आज दोस्रो दिन पनि उत्साहजनक रूपमा जारी छ।
जेठ १ गतेदेखि सुरु भएको यो क्याम्प भोलि जेठ ३ गतेसम्म देशभरका टाटा मोटर्सका शोरुमहरूमा सञ्चालन हुनेछ।
ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजित यस क्याम्पमा पुराना गाडी साटेर नयाँ टाटा गाडी खरिद गर्न सकिनेछ।
क्याम्पमा आकर्षक नगद छुट र उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एसेसरीज र वार्षिक सवारी करको सुविधा तथा निःशुल्क होम चार्जर जडानको सुविधाहरू छन्।
यस मेलामा टाटा मोटर्सका लोकप्रिय विद्युतीय र इन्धन दुवै सेग्मेन्टका गाडीहरू उपलब्ध छन्।
कम्पनीले आफ्ना पुराना सवारी साधनको उच्च मूल्याङ्कन गरी नयाँ गाडी चढ्ने यो अवसरको लाभ लिन सबै ग्राहकलाई आग्रह गरेको छ। क्याम्प भोलि साँझसम्म मात्र रहनेछ।
जेठ २, २०८३ शनिबार ११:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।