प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
संसद् सचिवालयमा बिहीबार आयोजित एक कार्यक्रममा सभामुख अर्यालले नवनियुक्त उनलाई शपथ गराएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा श्री अधिकारीलाई बुधबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन्। सचिव अधिकारीले बिहीबारदेखि नै कार्यभार पनि सम्हालेका छन्।
वैशाख ३१, २०८३ बिहीबार १४:४३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।