तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण आज बिहान कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।
तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
दिउँसो भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको र कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।
सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा मौसम सफा रहने सम्भावना छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
माघ १३, २०८१ आइतबार ०७:३०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।