गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले अफरहरू दिँदै, के छन् अफरहरू ?

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले अफरहरू दिँदै, के छन् अफरहरू ?

काठमाडौं : आगामी जेठ १५ गते मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि अफरहरू गराउने भएको छ। सो अफर जेठ १४ देखि सुरू भई  जेठ १६ सम्म लागु हुने बताइएको छ। 

यस अन्तर्गत ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ। 

यसैगरी डाटा प्याकेज अन्तर्गत १११ रूपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ रूपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ रूपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रूपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुने टेलिकमले जनाएको छ।  

यही अफर अन्तर्गत ७८९ रूपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुने बताइएको छ। 

टेलिकमका अनुसार पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध हुनेछ। 

आगामी जेठ १६ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरू खरिद गर्न सकिनेछ। 

जेठ १४, २०८१ सोमबार १६:१७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।