४/५ जनाले रजाइँ गरेको ठाउँमा नयाँ मान्छे आएको धेरैलाई मन परेको छैन : रास्वपा उपसभापति

४/५ जनाले रजाइँ गरेको ठाउँमा नयाँ मान्छे आएको धेरैलाई मन परेको छैन : रास्वपा उपसभापति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रवि लामिछानेमाथि लागेको आरोप सतप्रतिशत निराधार रहेको बताएका छन्।

शनिबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरू हुनुभन्दा भन्दा अघि देशको राज्यसत्ता ४/५ जना व्यक्तिको हातमा सीमित रहेको बताए। 

उनले भने, ‘चार पाँच जनाले रजाइँ गरेको ठाउँमा नयाँ मान्छे आएपछि अनेक प्रश्न उठाइन्छ। अहिले त्यही भइरहेको हो। आफूले रजाइँ गरिरहेकाहरूलाई हामी आएकाप्रति मन परिरहेको छैन।’

आफूहरू रुपान्तरणका लागि आएको तर अनेक तरिकाले हिलो छ्याप्ने काम भइरहेको उनको भनाइ छ। 

उनले भने, 'हामीले सदनबाट जवाफ दिन्छौँ भन्दा मानिरहेका छैनन्।' 

रास्वपा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा प्रमुख प्रतिपक्ष दलले संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आइरहेको छ।  

जेठ ५, २०८१ शनिबार १४:३२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।