चिकित्सकको सिफारिस विना औषधि बिक्री गरेको आरोपमा फार्मेसी सञ्चालक पक्राउ

चिकित्सकको सिफारिस विना औषधि बिक्री गरेको आरोपमा फार्मेसी सञ्चालक पक्राउ

बुटवल : चिकित्सकको सिफारिस विना औषधि बिक्री गरेको आरोपमा बुटवलमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

विभिन्न औषधि मिलाएर लागुऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि बुटवलको कालिकानगरस्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक कमल विकलाई प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितका अनुसार विभिन्न औषधि मिलाए लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गरको सूचना पाएपछि विकलाई पक्राउ गरिएको हो।

पेट दुख्दा खाने औषधि डाईसाकोमिन र दुखाई कम गर्न खाने औषधि पृगावलेन मिलाएर विकले लागुऔषध प्रयोगकर्तालाई बिक्री गरेको प्रहरीको भनाइ छ। प्रहरीले उक्त फार्मेसीबाट धेरै त्यस्ता औषधि बरामद समेत गरेको छ।

प्रहरीले केही लागुऔषध प्रयोगकर्ता र मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

२७ बैशाख, २०८१, १२:०८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।