सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ।

आइतबारको तुलनामा सोमबार सुनमा दुई सय रुपैयाँ र चाँदीमा २० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ हुँदा चाँदीमा १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार चाँदी तोलाको १ हजार ६ सय ४० रुपैयाँ प्रतितोला कारोबार भएको थियो।

२४ बैशाख, २०८१, ११:४९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।