एसपिजि अटोमोबाइल्सलाई ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘इभि पायोनियर’ अवार्ड

एसपिजि अटोमोबाइल्सलाई ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘इभि पायोनियर’ अवार्ड

काठमाडौं : एसपिजि अटोमोबाइल्सले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’मा दुई वटा महत्वपूर्ण अवार्ड हासिल गरेको छ।

कम्पनीले फोरममा बहुप्रतिष्ठित ‘आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन’ र ‘इभी पायोनियर अवार्ड’ दुवै प्राप्त गर्दै नेपालको इलेक्ट्रिक गाडीको (इभी) बजारमा आफ्नो स्थानलाई उत्कृष्ट प्रमाणित गरेको हो।

शारडा ग्रुपका निर्देशक गौरव शारडाले यो उपलब्धी नेपाली ग्राहकहरूको असिम साथ-सहयोगले सम्भव भएको भन्दै आफूहरूलाई विश्वास गरेकोमा आभार व्यक्त गरे।

ओमोडा ई५ इभी यहि वर्ष फ्रेब्रुअरीमा लन्च गरिएकोमा नेपालमा अहिलेसम्म १ सय ५१ युटिन बिक्री भइसकेको छ।

ओमोडा ई५ ले अत्याधुनिक विद्युतीय प्रविधि, स्टाइलिस डिजाइन र आधुनिक सुविधाहरूका साथ नेपाली उपभोक्ताहरूको ध्यानाकर्षण र समर्थन प्राप्त गरेको छ र इभि साधनका लागि प्रमुख रोजाइको रूपमा बस्न सफल भएको छ।

एसपिजि अटोमोबाइल्स प्रा.लि. नेपालमा ओमोडा एण्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो।

२४ बैशाख, २०८१, ११:२४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।