वेष्ट इण्डिज ‘ए’ विरुद्ध तेस्रो टी-२० खेल्दै नेपाल

वेष्ट इण्डिज ‘ए’ विरुद्ध तेस्रो टी-२० खेल्दै नेपाल

काठमाडौं : वेष्ट इण्डिज ‘ए’ विरुद्धको पाँच खेलको टी-२० शृंखलाअन्तर्गत नेपालले आज तेस्रो खेल खेल्दैछ।

खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ।

नेपाल र वेष्ट इण्डिजले यसअघि एक-एक खेल जितेका छन्।

शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो।

आइतबार भएको दोस्रो खेलमा भने नेपाल वेस्ट इण्डिजसँग १० रनले पराजित भयो।

नेपालले आईसीसी टी-२० विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग शृंखला खेलिरहेको हो।

शृंखलापछि नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।

१९ बैशाख, २०८१, ०८:१४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।