एनआईसी एशिया बैंकद्वारा खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

एनआईसी एशिया बैंकद्वारा खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ।

सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवं इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव सँगालेको भन्दै बढुवा गरेको जनाएको छ। 

सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरू गरेका उनी २०१० मा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए।

त्यसपछि यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेतृत्वदायी भुमिकामा रही बैंकको व्यवसायीक रणनीति निर्माण एवं कार्यान्वयनमा अतुलनीय योगदान दिएका खनिया हाल बैंकको एसपीमइ प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारीमा रहेको बैंकले जनाएको छ। 
 

१५ बैशाख, २०८१, १७:०३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।