आज आईपीएलमा तेस्रो स्थानमा हैदरावाद र पुच्छारको बैंग्लुरु भिड्दै

आज आईपीएलमा तेस्रो स्थानमा हैदरावाद र पुच्छारको बैंग्लुरु भिड्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लुरु भिड्दैछन्।

खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे हैदरावादस्थित राजीब गान्धी क्रिकेट रंगशालामा हुँदैछ।

यी दुई टोलीबीच भएका पछिल्ला पाँच खेलमा हैदरावाद बैंग्लुरुमाथि हावी भएको छ। हैदरावादले पाँचमध्ये तीन खेल जितेको छ।

हाल पाँच जित र १० अंकसहित हैदरावाद अंक तालिकाको तेस्रो स्थानमा रहँदा आठमध्ये एक खेल मात्रै जितेको बैंग्लुरु तालिकाको पुच्छारमा छ।

यी दुई टोलीबीच हालसम्म २४ आईपीएल खेल भएका छन्, जसमध्ये हैदरावाले १२ र बैंग्लुरुले १० खेल जितेका छन्।

राजीव गान्धी स्टेडियममा दुई टोलीबीच भएका आठ खेलमा बैंग्लुरुले दुई खेल मात्रै जितेको छ भने एउटा खेल रद्द भएको छ।

जारी सिजनमा यी दुई टोलीहरू बेंगलुरुमा भिड्दा हैदरावादले २८७ रनको कीर्तिमान बनाएको थियो।

१३ बैशाख, २०८१, १४:१०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।