बेलायत पठाइदिन्छु भन्दै ३४ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

बेलायत पठाइदिन्छु भन्दै ३४ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ : वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख बढी ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

३४ लाख २३ हजार ३ सय ठगी गरेको आरोपमा पक्राउ परेका राईलाई प्रहरीले आज सार्वजनिक गरेको हो। 

उनले भने, ‘रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै निजले ३४ लाख २३ हजार ३ सय ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो।’

पक्राउ परेका निज राईमाथि गरी जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।

२२ बैशाख, २०८१, २१:२५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।