शौचालय जाने क्रममा लडेर एक महिलाको मृत्यु

शौचालय जाने क्रममा लडेर एक महिलाको मृत्यु

काठमाडौं : भक्तपुरमा शौचालय जाने क्रममा लडेर एकजना महिलाको मृत्यु भएको छ।

शौचालय जाने क्रममा घरको पहिलो तलाबाट लडेर गम्भीर घाइते भएकी खोटाङ ऐसेलुखर्क गाउँपालिका ५ घर भई हाल सूर्यविनायक नगरपालिका-५ कटुन्जेमा डेरा गरी बस्ने जमुना भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि उपचारका लागि उनका परिवारले अस्पताल लगेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटिई प्रारम्भिक अनुसन्धान गरिएको परिसरका सूचना अधिकृत राजन कार्कीले जनाए। 

प्रहरीले घटनाको थापा अनुसन्धान गरिरहेको छ। 

जेठ ५, २०८१ शनिबार १६:१२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।