वनमा माटो खन्ने जाँदा ढिस्कोमा च्यापिएर ४१ वर्षीय महिलाको मृत्यु

वनमा माटो खन्ने जाँदा ढिस्कोमा च्यापिएर ४१ वर्षीय महिलाको मृत्यु

काठमाडौँ : कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीय लक्ष्मी सिजापती रहेको प्रहरीले जनाएको छ।

लक्ष्मी शनिबार घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्न गएकी थिइन्। त्यसैक्रममा माटोको ढिस्कोमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए।

लक्ष्मीको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको छ।

२२ बैशाख, २०८१, २१:४५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।