इंग्लिस प्रिमियर लिग : १६औं स्थानको एभर्टनसँग पराजित भयो दोस्रो स्थानको लिभरपुल

इंग्लिस प्रिमियर लिग : १६औं स्थानको एभर्टनसँग पराजित भयो दोस्रो स्थानको लिभरपुल

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको छ।

एभर्टनको मैदानमा गएराती भएको खेलमा घरेलु टिमले लिभरपुललाई २-० ले हरायो । यो हारका कारण लिभरपुलको उपाधि यात्रामा धक्का लागेको छ।

उसले शीर्ष स्थानको आर्सनलसँग अंक बराबरी गर्ने मौका गुमाएको छ। यद्यपि ३४ खेलमा ७४ अंक भएको लिभरपुल तालिकाको दोस्रो स्थानमा यथावत छ।

प्रिमियर लिग तालिकामा आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा छ भने दुई खेल कम खेलेको म्यान्चेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ।

करिब ७७ प्रतिशत बल पोसेसन बनाएको लिभरपुलले गोल भने गर्न सकेन। खेलको २७औं मिनेटमा जेरार्ड ब्रान्थह्वाइटले गोल गर्दै एभर्टनलाई आग्रता दिलाएका थिए।

पहिलो हाफमा एक गोलको अग्रता लिएको एभर्टनले ५८औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनको गोलमार्फत अग्रता लम्ब्याएको थियो।

लिभरपुलले खेलभरी सातवटा सट पोस्टमा प्रहार गरेपनि एभर्टनका गोलकिपरको प्रदर्शन उत्कृट रह्यो।

१३ बैशाख, २०८१, ०८:२८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।