सिरिज ३-२ गर्न नेपाललाई १७३ रनको लक्ष्य

सिरिज ३-२ गर्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं : ‘वेस्ट इन्डिज ए’ विरुद्धको पाँच खेलको सिरिजको अन्तिम खेलमा नेपालले १७३ रनको लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७२ रन जोड्यो।

उसका लागि एलिक आथनाजले अविजित रहँदै सर्वाधिक ४२ रनको पारी खेले। त्यसबाहेक कप्तान रोस्टन चेस ३३, जोनसन चार्ल्स २४, म्याथू फोर्ड २३, काडीम एलिन र मार्क डियाल समान ११-११ रनमा आउट भए।

नेपालका सोमपाल कामी र सागर ढकालले समान तीन–तीन विकेट लिँदा अबिनाश बोहराले एक विकेट हात पारे। सोमपालले तीन विकेट लिँदा चार ओभरमा मात्र १६ रन खर्चिए।

पाँच खेलको सिरिजमा ३-१ ले वेस्ट इन्डिज ए ले जितिसकेको छ। नेपाल अनितम खेल जितेर सिरिजलाई हाइ नोटमा अन्त्य गरेर अमेरिका जान चाहन्छन्।

यसअघि हिजो नै नेपाल क्रिकेट संघ क्यानले विश्वकपका लागि अमेरिका जाने टोलीको बिदाइ गरिसकेको छ। टोलीका आधा खेलाडी आजै अमेरिका प्रस्थान गर्नेछन् भने आधा भोलि जाँदैछन्।

२२ बैशाख, २०८१, १४:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।