नेपालले टस हार्‍यो, सागर र अनिल टोलीमा फर्किए

नेपालले टस हार्‍यो, सागर र अनिल टोलीमा फर्किए

काठमाडौं : वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी२० सिरिजको अन्तिम खेलमा नेपालले पुनः टस हारेको छ।

वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजले टस जितेर पहिले ब्याटिङ रोजेसँगै नेपाल बलिङमा तानिएको हो।

नेपालले अघिल्लो खेलमा दुई जनालाई परिवर्तन गरेको छ। चौथो खेलबाट ललित राजवंशी र गुलशन झा आउट हुँदा सागर ढकाल र अनिल शाह टोलीमा फर्किएका छन्।

वेस्ट इन्डिज ए ले यस सिरिजमा ३-१ को अग्रता बनाएको छ। नेपालले पहिलो खेल चार विकेटले जितेको भएपनि वेस्ट इन्डिज ए ले लगातार तीन जित हात पारेको थियो।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकीपर), अनिल साह, रोहित पौडेल (कच), कुशल मल्ल, सन्दीप जोरा, डीएस ऐरी, सोमपाल कामी, प्रतिश जीसी, अविनाश बोहरा, सागर ढकाल

२२ बैशाख, २०८१, १२:००:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।