युक्रेनी प्रधानमन्त्रीको दाबी- ‘यदि युक्रेनले रुससँग हार्‍यो भने तेस्रो विश्वयुद्ध हुन्छ’

युक्रेनी प्रधानमन्त्रीको दाबी- ‘यदि युक्रेनले रुससँग हार्‍यो भने तेस्रो विश्वयुद्ध हुन्छ’

एजेन्सी : युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनले रुससँग हारेको खण्डमा विश्वले तेस्रो विश्वयुद्ध सामना गर्नु्पर्ने बताएका छन्।

डेनिसले अमेरिकी कांग्रेसलाई विदेशी राहत विधेयक पारित गर्न माग गर्दै युक्रेनलाई राहत प्याकेज दिन माग गरे।

युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा शनिबार मतदान हुँदैछ।

‘हामीलाई हिजो यो पैसा चाहिएको थियो। हामीलाई आज यो पैसा चाहिँदैन वा भोलि हामीलाई यो पैसा चाहिँदैन,’ डेनिसले भने, ‘यदि हामी बचेनौं र युक्रेनले हार्यो भने धेरै युद्धहरू देख्न सकिन्छ। यो विषय तेस्रो विश्वयुद्धतिर जानसक्छ।’

तर, युक्रेनले पराजयको अवस्थामा यस्तो चेतावनी दिएको यो पहिलो पटक भने होइन। गत वर्ष युक्रेनी राष्ट्रपति जेलेन्स्कीले तेस्रो विश्वयुद्ध सुरु गर्न रुसले पोल्याण्डमा आक्रमण गर्न सक्ने दाबी गरेका थिए।

तर त्यस्ता दाबीलाई रुसले अस्वीकार गरेको थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना पूर्वी युरोपमा आक्रमण गर्ने रुसको दाबीलाई ‘पूर्ण बकवास’ भनेका थिए।

६ बैशाख, २०८१, ११:३७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।