राघवसँगको विवाहपछि राजनीति पछ्याउँदै परिणीति

राघवसँगको विवाहपछि राजनीति पछ्याउँदै परिणीति

मुम्बई : अभिनेत्री परिणीति चोपडा हालका दिनमा फिल्म ‘अमर सिंह चमकिला’लाई लिएर चर्चामा छिन्।

यो फिल्ममा उनको अभिनयको तारिफ राम्रै भइरहेको छ। निजी जिन्दगीलाई लिएर पनि परिणीति निकै चर्चामा आउँछिन्।

गत वर्ष उनले आम आदमी पार्टीका नेता राघव चड्ढासँग विवाह गरिन्। दुवैले भव्य समारोहबीच उदयुरमा विवाह गरेका थिए। विवाहअघि परिणीतिलाई राजनीतिमा कुनै रुची थिएन।

उनले अन्तरवार्ताहरूमा आफूले कोही राजनीतिज्ञसँग विवाह नै नगर्ने बताएकी थिइन्। यद्यपि अहिले उनको विवाह राजनीतिज्ञसँग मात्र भएन, राजनीतिप्रति उनको रुची पनि बढ्दै गएको छ।

हालैको एक अन्तरवार्तामा राजनीति रुचिबारे बताएकी छन्। उनले राघव चड्डासँगको पहिलो भेटका बारेमा सम्झँदै त्यो समयमा राघव राजनीतिक पृष्ठभूमिका हुन् भन्नेसमेत आफूले थाहा नपाएको उल्लेख गरेका छन्।

‘अहिले म राजनीति पछ्याउँदैछु। अब त यो काम गर्नैपर्छ’, उनले भनेकी छन्।

उनले पति राघवप्रति गुनासो पनि गरेकी छन्।

‘उहाँप्रति मेरो यो गुनासो छ कि उहाँ मनोरञ्जनमा चासै लिनुहुन्न। उहाँले पछिल्लो पटक कुन फिल्म हेर्नुभयो भन्ने कुरा कि भगवानलाई थाहा छ कि उहाँलाई मात्रै’, परिणीति भन्छिन्।

परिणीतिका अनुसार राघवलाई फिल्मभन्दा बढी रुचि संगीतमा छ। उनले राघव र आफूबीच भेट हुँदा व्यावसायिक कुरा भन्दा पनि व्यवसायिक जीवनभन्दा बाहिरका कुरा बढी हुने खुलाइन्।

५ बैशाख, २०८१, १३:४९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।