विप्लव रञ्जितको अध्यक्षतामा एनएनसिएको १३ सदस्यीय समिति गठन

विप्लव रञ्जितको अध्यक्षतामा एनएनसिएको १३ सदस्यीय समिति गठन

काठमाडौं : नेपाल आहारपूरक सौन्दर्यवर्द्धक संघ (एनएनसिए)को १३ सदस्यीय कार्यसमिति गठन भएको छ। 

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा विप्लव रञ्जितको अध्यक्षतामा संघको नयाँ कार्यसमिति गठन भएको हो। 

विप्लव रञ्जितको अध्यक्षता सँगै संघको वरिष्ठ उपाध्यक्षमा सुसान्त मुरारका, उपाध्यक्ष डा.चन्दन न्यौपाने, महासचिव सुरज पौडेल, कोषाध्यक्ष संजिव काफ्ले, सचिव विनोद विष्ट रहेका छन् भने सदस्यहरूमा दिपकराज पाण्डेय, परशुराम भट्टराई, श्याम सुन्दर श्रेष्ठ, अनिल थापा, शोभा थापा, सुदिपराज सुवेदी र किशोरी घिमिरे छन्। 

संघका अध्यक्ष रञ्जितले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की रहेका थिए।

त्यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत शिव भण्डारी, नेपाल प्रजातान्त्रिक फार्मेसी संघका सभापति सुदीप राज सुवेदी, नेपाल चिकित्सक संघका महासचिव डा.सञ्जिव तिवारी लगायतका अतिथीहरुको कार्यक्रममा सहभागिता रहेको थियो। 

कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्कीले बिरामीहरू रोगसँग जुधिरहँदा भविष्यमा रोग नदोहरियोस् भन्नका लागि आहारपुरक सामग्रीको प्रयोग महत्वपूर्ण रहेको बताए। नेपाल आयात हुने यस्ता सामग्रीहरूको आयात तथा बिक्री वितरणको नीतिका नेपाल औषधि विभाग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच सहकार्य हुन जरुरी रहेको उनको भनाइ छ। 

त्यस्तै, अन्य वक्ताहरूले नयाँ कार्यसमितिलाई धन्यवाद दिँदै गुणस्तरीय फूड सप्लिमेन्टको बिक्रीवितरणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए।

३ बैशाख, २०८१, १८:५३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।