राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ।

संवैधानिक राजतन्त्रको पुनःस्थापना तथा संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राप्रपाले काठमाडौंमा बृहत् विरोध प्रदर्शन गर्न लागेको हो।

मध्यान्ह साढे ११ बजे भृकुटीमण्डपमा जम्मा हुने र त्यसपछि प्रदर्शन सुरू हुने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भृकुटीमण्डपमा जम्मा भएर काठमाडौंका विभिन्न स्थानको परिक्रमा गर्ने र जनसभा गर्ने कार्यक्रम रहेको छ।

आजको विरोधमा देशभरिबाट ५० हजारभन्दा बढी मानिस सडकमा उत्रिने राप्रपाले जनाएको छ।

विभिन्न ४० बुँदे मागपत्र राखेको राप्रपाले जिल्लास्तरदेखि निरन्तर विरोधका कार्यक्रम गर्दै पार्टीको केन्द्रीयस्तरको विरोध कार्यक्रम आयोजना गरेको हो।

२७ चैत, २०८०, ०७:५७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।