म्याद गुज्रेको सूचनापछि प्रहरीको छापा, नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुख पक्राउ

म्याद गुज्रेको सूचनापछि प्रहरीको छापा, नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुख पक्राउ

काठमाडौं : वीरगन्जको नेशनल मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह पक्राउ परेका छन्। 

सोमबार पर्सा प्रहरीले मेडिकल कलेजमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।

मेडिकल कलेजले म्याद सकिएका औषधि बिक्री–वितरण गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

सो क्रममा म्याद गुज्रिएका सामाग्री समेत बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए।

पक्राउ परेका उनीहरूमाथि अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

२६ चैत, २०८०, १६:४१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।