अटिजमको कथा बोकेको फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को फस्ट लुक सार्वजनिक

अटिजमको कथा बोकेको फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को फस्ट लुक सार्वजनिक

काठमाडौँ : अटिजमको विषयमा केन्द्रित भएर निर्माण भएको फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को फस्ट लुक्स सार्वजनिक भएको छ। फिल्मको निर्देशक तथा लेखक अनिता पण्डितले अटिजमबाट पीडित सन्तान र उनको आमाको कथालाई पर्दामा ल्याउन लागेकी हुन्।

फिल्ममा अनिता आफैँले पनि अभिनय गरेकी छिन्। उनीसँगै कलाकार सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल–कलाकार आश्वि घिमिरेले फिल्ममा अभिनय गरेका छन्।

सार्वजनिक भएको पोस्टरमा समान लिङगीबीचको प्रेम, एक आमाको दोहोरी पीडा लगायतका कथा समावेश भएको संकेत गरेको छ। फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छैन।

१९ चैत, २०८०, १७:३२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।