कांग्रेस सभापती देउवाको दाबी' मिश्रीत निर्वाचन प्रणालीमा एउटा पार्टीले बहुमत ल्याउन गाह्रो छ'

कांग्रेस सभापती देउवाको दाबी' मिश्रीत निर्वाचन प्रणालीमा एउटा पार्टीले बहुमत ल्याउन गाह्रो छ'

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशिता र समानुपातिक निर्वाचन प्रणालीमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने दाबी गरेका छन्।

पार्टीनिकट नेपाल महिला सङ्घद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले समावेशी र समानुपातिक प्रणालीका आधारमा संविधानमा व्यवस्था भएको हुनाले कुनै एउटा पार्टीले बहुमत ल्याउन गाह्रो रहेको दाबी गरेका हुन्।

‘आपसी एकता नभए पनि कांग्रेस देशको ठुलो पार्टी बनेको छ। तर बहुमत प्राप्त गर्न सकेको छैन। यो बेला बहुमत प्राप्त गर्न गाह्रो पनि छ। नेपालको संविधान समावेशिता र समानुपातिक रूपमा निर्माण भएका कारण बहुमत ल्याउन सक्ने स्थिति छैन’ उनले भने।

कांग्रेस महिला सशक्तीकरणका लागि लडेको पार्टी भएको भन्दै उनले नेतृहरू क्रियाशील भएमा बहुमत ल्याउन सकिने बताए।

त्यस्तै, पूर्व प्रधानमन्त्री देउवाले समावेशिता र लैङ्गिकताका आधारमा नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको बताए। 

‘नेपालको संविधान महिला, दलित, जनजाति र पिछडिएका वर्गलाई समेत सम्मान गरी समावेशिताका आधारमा तयार गरिएको छ। जसकारण नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो।’ 

१८ चैत, २०८०, १७:१७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।