वर्षाका कारण रद्द भएको नेपाल ए र आयरल्यान्ड उल्भ्सबीचको पहिलो टी२० आज

वर्षाका कारण रद्द भएको नेपाल ए र आयरल्यान्ड उल्भ्सबीचको पहिलो टी२० आज

काठमाडौं : नेपाल ए र आयरल्याड उल्भ्सबीचको पहिलो टी२० खेल आज हुँदैछ।

बिहीबारका लागि तय भएको खेल वर्षाका कारण रोकिएसँगै आजबाट टी२० र एकदिवसीय सिरिज हुन लागेको हो।

बिहीबारको खेल आउटफिल्ड भिजेका कारण रद्द गरिएको थियो। आज हुने पहिलो टी२० खेल दिउँसो १ बजे हुनेछ।

बिहीबारको खेल रद्द भएसँगै क्यानले संशोधित तालिका सार्वजनिक गरेको छ। तालिकाअनुसार पहिलो टी२० आज हुँदा दोस्रो खेल भोलि र तेस्रो खेल अप्रिल १ मा हुनेछ।

त्यसैगरी एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलहरू ३,५ र ७ अप्रिलमा हुनेछ।

यसअघि नेपालको राष्ट्रिय टोलीसँग भएको दुई खेलको टी२० खेलमा आयरल्यान्ड उल्भ्स २-० ले पराजित भएको थियो।

नेपाल ए को कप्तानी विनोद भण्डारीले गर्दैछन् भने मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल रहेका छन्।

१६ चैत, २०८०, ०७:१५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।