पर्सनल एआई प्रदान गर्ने लक्ष्य लिएर इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर

पर्सनल एआई प्रदान गर्ने लक्ष्य लिएर इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर

काठमाडौं : राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ।

'कन्भर्सेसन इज द न्यू इन्टरफेस' भन्ने मूलमन्त्र अँगाल्दै सुरू भएको यस सहकार्यको परिणामस्वरूप राकुटेन भाइबरले विश्वभरका आफ्ना लाखौं प्रयोगकर्ताहरूका लागि अत्याधुनिक कन्भर्सेसन एआई ल्याउने बताइएको छ।

भाइबर प्रयोगकर्ताहरूले अडवान्स्ड कन्भर्सेसन क्षमताहरू मार्फत म्यासेजिंग अनुभव वृद्धि गर्दै पीआईमा एक्सेस प्राप्त गर्नेछन्।

इन्फ्लेक्शनद्वारा संचालित यो इनहाउस–बिल्ट इन्फ्लेक्शन २.५ लार्ज ल्याङ्ग्वेज मोडेल प्रमुख इन्डस्ट्री बेन्चमार्कहरूका आधारमा विश्वकै बेस्ट फाउन्डेसन मोडेलहरू बराबर हुनेछ।

कम्पनीका अनुसार पीआईले प्रयोगकर्ताहरूका जिज्ञासाहरू समाधान गर्नको लागि स्मार्ट आईक्यूसँग वर्ल्ड-बिटीङ ईक्यूको समेत संयोजन गर्दछ। यस मार्फत् भाइबर प्रयोगकर्ताहरूले सल्लाह माग्न, अप-टु-डेट जानकारी लिन वा केवल च्याट गर्न पनि सक्छन्। 

राकुटेन भाइबरले आफ्ना प्रयोगकर्ताहरूलाई अर्डरिङ सेवामार्फत् इन्स्ट्यान्ट इन-एप पेमेन्टहरू र मनोरञ्जनात्मक च्यानल, स्टिकर, जीफ र च्याटबटहरूको बृहत् सङ्ग्रहद्वारा उत्कृष्ट कन्भर्सेसन् र बिजनेस लाई समेत सशक्त बनाउने कार्य गर्दै आएको छ। 

१५ चैत, २०८०, १९:१८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।