अत्यधिक रक्तस्राव भएपछि डा.आरजु राणाको शल्यक्रिया, केही समय भारतमै रहने

अत्यधिक रक्तस्राव भएपछि डा.आरजु राणाको शल्यक्रिया, केही समय भारतमै रहने

काठमाडौं : उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी कांग्रेस नेतृ एवं सांसद डा.आरजु राणा देउवाको ‘हाइफर पाराथाइरोडिज्म’को शल्यक्रिया गरिएको छ।

डा.राणाका स्वकीय सचिव कमल रावलका अनुसार चिकित्सकहरूको सल्लाह अनुसार नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा चैत्र १४ गते सफलतापूर्वक शल्यक्रिया भएको हो।

बिहीबार जारी प्रेस विज्ञप्तिमा डा.राणा दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरूको सल्लाह अनुसार नयाँ दिल्लीमा फलोअप उपचार गराउँदै आएकी हुन्। उनी चैत्र २ गते संघीय संसद सचिवालयलाई जानकारी गराइ भारत गएकी थिइन।

‘हाल माननीय डा.आरजु राणा देउवाज्यूको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्श अनुसार अझै केहि समय अस्पतालमै उपचार गर्नुपर्ने भएको जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ।

डा.राणालाई अत्यधिक मासिक रक्तस्रावको समस्या भएपछि एक वर्षअघि मेदान्त अस्पतालमा स्वास्थ्य जाँच र शल्यक्रिया म्याक्समा गरिएको थियो। म्याक्समा भर्ना गरिएपछि उनको पाठेघर निकालिएको हो।

चिकित्सकीय भाषामा ‘हिस्टेरेक्टोमी फर हाइपरप्लेसिया अफ एण्डोमेट्रिएम’ भनिने शल्यक्रिया म्याक्स अस्पतालका अन्कोलोजिस्ट सर्जन डा.हरित चतुर्वेदीको नेतृत्वको समूहले गरेको थियो।

१५ चैत, २०८०, १४:२५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।