नेपाल ए र आयरल्यान्ड उल्भ्सबीचको पहिलो टी२० रद्द

नेपाल ए र आयरल्यान्ड उल्भ्सबीचको पहिलो टी२० रद्द

काठमाडौं : नेपाल ए र आयरल्याड उल्भ्सबीचको पहिलो टी२० खेल वर्षाका कारण रद्द भएको छ।

आउटफिल्ड भिजेका कारण पहिलो टी२० खेल रद्द भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। खेल दिउँसाे १ बजे हुने तय भएको थियो।

क्यानका अनुसार आज रद्द भएको खेलको संशोधित तालिका सार्वजनिक गरिनेछ।

यसअघि नेपालको राष्ट्रिय टोलीसँग भएको दुई खेलको टी२० खेलमा आयरल्यान्ड उल्भ्स २-० ले पराजित भएको थियो।

नेपाल ए को कप्तानी विनोद भण्डारीले गर्दैछन् भने मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल रहेका छन्।

टी२० सिरिजका दोस्रो खेल भोलि र तेस्रो खेल ३१ मार्चमा हुँदा एकदिवसीय सिरिजका खेलहरू भने क्रमशः ३, ५ र ७ अप्रिलमा हुनेछ।

१५ चैत, २०८०, १२:२९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।