सुनको मूल्यले फेरि राख्यो कीर्तिमान

सुनको मूल्यले फेरि राख्यो कीर्तिमान

काठमाडौं : सुनको मूल्य फेरि कीर्तिमान कायम गरेको छ।

यसअघि चैत ८ गते कीर्तिमान कायम गर्दै १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको सुनको मूल्यले बिहीबार कीर्तिमान कायम गरेको हो।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले बढ्दा चाँदीमा प्रतितोला २० रुपैयाँको बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँ हुँदा तेजाबी सुन १ लाख २७ हजार ३ सय रुपैयाँ छ।

यस्तै चाँदीको मूल्य बिहीबार तोलाको १ हजार ५१० रुपैयाँ पुगेको छ।

१५ चैत, २०८०, ११:१२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।