बजेट तयारीको मुखमा अर्थमा सरुवाको लर्को, महाशाखा र विभाग प्रमुख बदलिए

बजेट तयारीको मुखमा अर्थमा सरुवाको लर्को, महाशाखा र विभाग प्रमुख बदलिए

काठमाडौँ : बजेट तयारी सुरु भइसकेको बेलामा अर्थ मन्त्रालयको महाशाखा प्रमुख र विभागका महानिर्देशकको सरुवा भएको छ।

अर्थमन्त्री वर्षमान पुनले बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा रितेश शाक्यलाई ल्याएका छन्। उनी राजस्व व्यवस्थापन महाशाखा प्रमुख थिए।

आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारी, भन्सार विभागको महानिर्देशकमा डुण्ढी निरौला पुगेका छन्। शोभाकान्त पौडेललाई भन्सार विभागको महानिर्देशकबाट सार्वजनिक वित्त व्यवस्थापन तथा तालिम केन्द्रमा पठाइएको छ।

तालिम प्रमुख रहेका रामप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा ल्याएका छन्। उत्तरकुमार खत्री योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा र सो महाशाखाका धनीराम शर्मा राजस्व व्यवस्थापन महाशाखा पुगेका छन्।

१४ चैत, २०८०, २२:२४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।