आईपीएल : चेन्नईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित

आईपीएल : चेन्नईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित

काठमाडौं : साविक विजेता चेन्नाई सुपर किंग्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ।

बुधबार भएको खेलमा गुजरात टाइटन्सलाई ६३ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो। २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

गुजरातका लागि साई सुदर्शनकक ३७ रन नै सर्वाधिक स्कोर रहन पुग्यो। यस्तै रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए।

चेन्नईका लागि मुस्तफिजुर रहमान, तुशान देशपाण्डे र दीपक चहरले समान २-२ तथा ड्यारेल मिचेल र म पाथीरानाले समान १-१ विकेट लिए।

त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन जोड्यो। चेन्नईका लागि शिभम दुबेले २३ बलमा ५१ रनको सानदार इनिङ खेले।

रचिन रवीन्द्रले २० बलमा ४६ रनको विष्फोटक इनिङ खेले । यस्तै कप्तान रुतुराज गाइक्वाडले ३६ बल खेलेर ४६ रन नै बनाए। गुजरातका लागि राशिद खानले २ तथा साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान १-१ विकेट लिए।

१४ चैत, २०८०, ०८:११:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।