प्रिमियर कप हारेको नेपाली महिला क्रिकेट टिमले एसिया कप खेल्ने, भारत र पाकिस्तान एउटै समूहमा

प्रिमियर कप हारेको नेपाली महिला क्रिकेट टिमले एसिया कप खेल्ने, भारत र पाकिस्तान एउटै समूहमा

काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आगामी ४ देखि १३ साउनसम्म श्रीलंकामा हुने एसिया कप खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सामाजिक सञ्चालनमाफर्त् नेपाली महिला टिमले एसिया कप खेल्ने जानकारी दिएको हो।

श्रीलंकाको दमबुल्लाहमा हुने प्रतियोगितामा ८ समूह सहभागी छन्। जसमा नेपाल, भारत, पाकिस्तान र युएई समूह ए मा छन् भने बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड समूह बीमा छन्।

यसअघि सन् २०२२ मा भएको एसिया कप महिला क्रिकेटमा ७ देश सहभागी थिए।

यसअघि मलेसियामा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा घरेलु टिमसँग पराजित भएपछि नेपालले एसिया कपमा छनोट हुने अवसर गुमाएको थियो। उक्त प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मलेसिया र युनाइटेड अरब इमिरेट्स (यूएई) ले सोझै एसिया कपमा स्थान बनाएका थिए।

तर, एसीसीले एसिया कपमा प्रतिस्पर्धा गर्ने टिमको संख्या ८ पुर्याएपछि प्रिमियर कपको सेमिफाइनल पुगेका चारै टिम छनोट भएका हुन्। 

प्रिमियर कपको सेमिफाइनलमा नेपाललाई मलेसियाले हराउँदा यूएईले थाइल्यान्डलाई हराएको थियो। एसीसीको नयाँ संरचनाअनुसार नेपाल र थाइल्यान्डले प्रतियोगितामा स्थान बनाएका हुन्। 

नेपालले पहिलो खेल ४ साउनमा पाकिस्तानसँग खेल्नेछ।

१३ चैत, २०८०, २०:२७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।