गुल्सन झा ४६ रन बनाएर आउट

गुल्सन झा ४६ रन बनाएर आउट

काठमाडौं : आयरल्याण्ड उल्भ्सविरुद्धको दोस्रो तथा अन्तिम टी२० मा नेपालको चौथो विकेट गुमेको छ।

चौधौं ओभरको पाँचौं बलमा गुल्सन झा आउट भएका हुन्। बेन ह्वाइटको बलमा कप्तान निल रकको हाटबाट उनी क्याचआउट भएका हुन्।

झाले ३२ बलमा एक चौका र चार छक्काको मद्दतमा ४६ रन जोडेर आउट हुँदा यसअघि अनिल शाह १२, कुशल भुर्तेल २५ र आशिफ शेख ११ रन बनाएर पेभेलियन फर्किए।

अहिले क्रिजमा कुशल मल्ल र कप्तान रोहित पौडेल खेलिरहेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए।

यो खेलमा नेपालले दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलाई आराम दिएर विवेक यादव र अनिल शाहलाई मौका दिएको छ।

१३ चैत, २०८०, १४:०९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।