आईपीएल : कोहलीको अर्धशतकमा बेंगलुरु विजयी, पन्जाब चार विकेटले पराजित

आईपीएल : कोहलीको अर्धशतकमा बेंगलुरु विजयी, पन्जाब चार विकेटले पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लुरुले  पन्जाबविरुद्ध ४ विकेटको सहज जित निकालेको छ।

घरेलु मैदानमा पन्जाबले दिएको एक सय ७७ रनको लक्ष्य बैंग्लुरुले ४ बल बाँकी छँदै ६ वकेट गुमाएर भेट्टायो।

बैंग्लुरुका लागि विराट कोहलीले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले। त्यस्तै,  दिनेश कार्तिकले २८ र महिपाल लोम्रोर १७ रनमा अविजित रहे।

पन्जाबका लागि हरप्रित ब्रार र काशिगो राबाडाले दुई/दुई तथा हर्ष पटेल र साम कुरानले एक/एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो।

पन्जाबका लागि कप्तान शिखर धवनले सर्वाधिक ४५ रन बनाए। प्रभ सिमरन सिंहले २५, जितेश शर्माले २७, शंशाक सिंहले २१ रन  रन जोड्दा साम करणले २३ रन थपे।

बेंग्लुरुका लागि ग्लेन म्याक्सबेल र मोहम्मद सिराजले समान दुई/दुई तथा अल्जारी जोसेप र यस दयालले समान एक/एक विकेट लिए।

पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित बेंग्लुरुले घरेलु मैदानमा सुखद् सुरुवात गरेको छ। घरेलु मैदानमा जित निकालेर आएको पञ्जाब भने दोस्रो खेलमा पराजित हुन पुग्यो।

१३ चैत, २०८०, ०७:५४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।