क्यान्सरसँग लडिरहेकी आमा स्याहार्दै गीत गाइरहेका सन्तोषले पाए गोल्डेन माइक

क्यान्सरसँग लडिरहेकी आमा स्याहार्दै गीत गाइरहेका सन्तोषले पाए गोल्डेन माइक

काठमाडौँ : पोखराका सन्तोष पुन कक्षा १२ पढ्दापढ्दै बाबुको पसल चलाउनतिर लागे। यही बिचमा उनको आमालाई क्यान्सर भएको खुल्यो। आमा स्याहार्ने अनि पसल चलाउने गर्दागर्दै उनको मन संगीततिर गयो।

कोरोनाकालमा भएको लकडाउनको समयमा उनी म्युजिकतिर आकर्षित भए। उनै सन्तोष नेपाल आइडल सिजन फाइभको पोखरा अडिसनमा सहभागी हुन आए। अलग प्रकारको मिठो स्वरमा गीत गाएका उनको पहिलो गीतले उनको सक्कली भोइसको गुणस्तर नै त्यस्तो हो या बनावटी हो भन्नेमा जजहरू अन्योलमा परे।

इन्दिरा जोशीले पहिलो गीत सुनेरै ओके गरेका थिए। अर्का जज न्हु बज्राचार्यले यदि ओर्जिनल भोइस नै हो भने यसलाई कायम गर्दा हुन्छ भन्दै दोस्रो गीत गाउन लगाए।

उनले मजाले गाए। भोइसको क्वालिटी अझ खुल्यो उनको। न्हु बज्राचार्यलाई निकै मन पर्यो दोस्रो गीत। कालीप्रसाद रिजालले उनलाई पुन गाउन सुझाव दिए। उनले ‘हावा जस्तै मलाई उड्न मन छ’ गाए। अन्तिममा उनी चयन मात्र भएनन् सिधै गोल्डेन माइक पाए।

१२ चैत, २०८०, १६:३०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।