हरि खड्काको हत्यामा संलग्न अभियुक्त साढे चार वर्षपछि पक्राउ

हरि खड्काको हत्यामा संलग्न अभियुक्त साढे चार वर्षपछि पक्राउ

काठमाडौं : ललितपुर बालकुमारीमा डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका-२ गुरास गाउँ घर भएका ३३ वर्षीय हरि खड्काको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

फरार सूचीमा रहेका मकवानपुर गढी गाउँपालिका-१ पिङडाँडा बस्ने २३ वर्षीय बुद्ध बोम्जन मंगलबार प्रहरीले पक्राउ गरेको हो।

ललितपुर महानगरपालिका-९ गुहे पोखरीमा २०७६ साउन २८ गते हरिलाई बुद्ध बोम्जन समेतले धारिलो हतियार प्रहार गरी हत्या गरी फरार भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न बोम्जनलाई मकवानपुर गढी गाउँपालिका-१ बाट पक्राउ गरेको हो।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

८ चैत, २०८०, १३:४८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।