ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घन्टा खुलाउन गृहमन्त्रीको निर्देशन, वैशाख १ भित्रै खुला हुने

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घन्टा खुलाउन गृहमन्त्रीको निर्देशन, वैशाख १ भित्रै खुला हुने

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सै घण्टा खुलाउने तयारी थालिएको छ।

गृहमन्त्री लामिछानेले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन दिए सँगै जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने कार्य सुरु भएको सचिवालयले जनाएको छ।

‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौ।’

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ।

सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ।

७ चैत, २०८०, १८:३०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।