रुपन्देहीमा भएको दुर्घटनामा मालपोत अधिकृतको मृत्यु

रुपन्देहीमा भएको दुर्घटनामा मालपोत अधिकृतको मृत्यु

बुटवल : रूपन्देहीमा भएको सवारी दुर्घटनामा मालपोत अधिकृतको मृत्यु भएको छ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि आइतबार राती भएको दुर्घटनामा रुपन्देहीको मझगावास्थित मालपोत कार्यालयका अधिकृत ४२ वर्षीय तिलक बहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक रावत रुकुमको मुसिकोट नगरपालिका-१ घर भई हाल रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ स्थित मझगावा मालपोत कार्यालयमा कार्यरत थिए।

राती करिब ८ बजेर ५० बजे भैरहवाबाट बनगाइतर्फ गइरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३-०२-००१ ब ४८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकल चालक रावतको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्टले जानकारी दिए।

५ चैत, २०८०, १०:४९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।