‘काम गर्न नसकेको दिन हामी आफैं बाहिरिने छौं, प्रधानमन्त्रीज्यूले हामीलाई गलहत्याउनु पर्दैन’

‘काम गर्न नसकेको दिन हामी आफैं बाहिरिने छौं, प्रधानमन्त्रीज्यूले हामीलाई गलहत्याउनु पर्दैन’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले रास्वपाले सुशासन र युवा केन्द्रित मन्त्रालय रोजेर नै लिएको बताएका छन्।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले रास्वपाले सुशासन र युवा केन्द्रित मन्त्रालय रोजेर नै लिएको भन्दै काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिरिने बताएका हुन्।

उनले भने, ‘हामी बिगार्न, भत्काउन, तोड्न र उखेल्न आएका हैनौँ। हामी काम गर्न आएका हौं। प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौं। प्रश्न गर्यौँ। अब सरकारबाट डेलिभरी दिन सकिन्छ कि भनेर आएका छौं। सुशासन र युवा केन्द्रित मन्त्रालय रोजेर नै लिएका छौं। गर्न नसकेको दिन हामी आफै बाहिरिने छौं। प्रधानमन्त्रीज्युलाई सजिलो बनाइदिन्छौ। उहाँले हामीलाई गलहत्याउनु पदैन।’

राष्ट्रहितको विषयमा काम गर्ने प्रधानमन्त्रीको चाहनालाई साथ दिन रास्वपाले जोखिम मोलेर साथ दिएको उनको भनाई छ।

त्यसअघि बोलेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई जवाफ फर्काउँदै उनले अटलविहारी बाजपेयी १३ दिनको प्रधानमन्त्री बनेको अनुभवका आधारमा पाँच वर्ष कुशल शासन प्रदान गरेको बताए।

उनले प्रधानमन्त्रीले व्यक्तिगत लिगेसीका लागि पनि गठबन्धन तोड्नु उचित भएको उनले तर्क गरे। 

‘एउटा औसत नेताले त आफ्नो छविको ख्याल हुन्छ भने संघर्षपूर्ण इतिहास भएको वरिष्ठ नेतालाई त पक्कै हुन्छ,’ उनले भने, ‘सशस्त्र द्वन्द्वप्रति विमति राख्दै सिमान्तकृतका अधिकारका विषयमा म समर्थन गर्छु।’

उनले प्रधानमन्त्रीको केही गर्छु भन्ने हुटहुँटीलाई रास्वपाले जोखिम मोलेर समर्थन दिएको बताए। 

३० फागुन, २०८०, १४:४३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।