सेयर बजार परिसूचक उच्च, चार अर्बमाथिको कारोबार

सेयर बजार परिसूचक उच्च, चार अर्बमाथिको कारोबार

काठमाडौं : साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५८.५५ अंकले बढ्दै २१११.२१ विन्दुमा पुगेको छ।

यस् दिन कारोबार रकम पनि निकै बढेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनका लागि दलीय समीकरण परिवर्तन गर्दै अर्थमन्त्री फेरेसँगै सेयर बजार स्तब्ध थियो। अर्थमन्त्री वर्षमान पुन सेयर बजार व्यवस्थापनमा सकारात्मक हुने आश गरेका लगानीकर्ताले कारोबार बढाएका हुन्।

मंगलबार विभिन्न कम्पनीका १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। सबै उप-समूह बढेका छन्।

२२० कम्पनीको सेयर मूल्य बढेका छन्। जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, वीन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त, जाल्पा लघुवित्तका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज सर्वाधिक कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट अगाडि रहेको छ। उक्त कम्पनीको ६ लाख ७३ हजार ७०६ कित्ता सेयर ३७ करोड १९ लाख ३३ हजार रुपैयाँमा किनबेच भएको छ।

यस्तै, सोनापुर मिनरल्सको २४ करोड, सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५२ लाख, हिमालयन रिइन्स्योरेन्स १५ करोड ७१ लाख र माउन्टेन इनर्जीको सेयर ११ करोड ११ लाखमा किनबेच भएको छ।

बजार बढ्दा पनि २२ कम्पनीको सेयर मूल्य भने घटेको छ।

४ कम्पनीको सेयर मूल्यमा घटबढ भएन।

२९ फागुन, २०८०, १७:०७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।