प्रिमियर लिग : सिटी र लिभरपुलले बराबरी खेल्दा टोटनहमले एस्टन भिल्लालाई ४ गोल ठोक्यो

प्रिमियर लिग : सिटी र लिभरपुलले बराबरी खेल्दा टोटनहमले एस्टन भिल्लालाई ४ गोल ठोक्यो

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ मात्र चार खेल भयो।

जसमा म्यान्चेस्टर सिटी र लिभरपुलले १-१ गोलको बराबरी खेल्दा टोटनहमले १० खेलाडीमा समेटिएको एस्टन भिल्लालाई ४-० गोलले हरायो।

खेलको २३औं मिनेटमा सिटीका लागि जोन स्टोन्सले गोल गरेर अग्रता दिलाए पनि ५०औं मिनेटमा एक्सिस म्याक एलिस्टरले पेनाल्टीमार्फत गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीबाट अर्को गोल हुन सकेन।

बराबरीसँगै लिभरपुल दोस्रो र म्यान्चेस्टर सिटी क्रमशः दोस्रो र तेस्रो स्थानमा यथावत् छन्।

त्यसैगरी, टोटमहमका लागि खेलको ५०औं मिनेटमा जेम्स म्याडिसन, ५३औं मिनेटमा ब्रेनान जोनसन, ९१औं मिनेटमा सन हेउङ मिन र ९४औं मिनेटमा टिमो वेर्नरले गोल गरे।

जितसँगै टोटनहम ५३ अंकसहित तालिकाको पाँचौं स्थानमा हुँदा पराजित एस्टन भिल्ला ५५ अंकसहित चौथो स्थानमा छ।

यस्तै हिजै भएको अर्को खेलमा वेस्ट ह्याम र बर्नलीले २-२ को बराबरी खेले। खेलको ११औं मिनेटमा बर्नलीका डेभिड डाट्रो फाफोनाले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा वेस्ट ह्यामका क्वोन्स्टान्टिनोस मार्भोपानोसले आत्मघाती गोल गरेपछि बर्नलीले २-० गोलको अग्रता पायो।

दोस्रो हाफको पहिलो मिनेट अर्थात खेलको ४६औं मिनेटमा वेस्ट ह्यामका लागि लुकास पाक्युटा र इन्जुरी समयमा डेनी इङ्ग्सले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।

जितसँगै वेस्टह्याम सातौं स्थानमा छ। पराजित बर्नली १९औं स्थानमा छ।

त्यसैगरी प्रिमियर लिगमा हिजै भएको अर्को खेलमा ब्रिंग्टनले नोटम फरेस्टलाई १-० गोलले हरायो। ब्रिंग्टनका लागि निर्णायक गोल एन्ड्रु ओमोबामीडेलेले गरे।

अंक तालिकामा ब्रिंग्टन आठौं स्थानमा हुँदा नोटम फरेस्ट १७औं स्थानमा छ।

२८ फागुन, २०८०, ०७:०५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।