त्रिशूली दुर्घटनामा परेको बसको यात्रु सङ्ख्या नै एकिन भएन, पाँच जना हराएको शङ्कामा खोजी जारी

त्रिशूली दुर्घटनामा परेको बसको यात्रु सङ्ख्या नै एकिन भएन, पाँच जना हराएको शङ्कामा खोजी जारी

काठमाडौँ : धादिङमा भएको बस दुर्घटनामा कति जना यात्रु थिए भन्ने नै एकिन हुन सकेको छैन। चालकले सुरक्षाकर्मीलाई ४९ जना यात्रु रहेको बताए पनि सहचालकले भने ५१ जना भनेका छन्। चलानी र बिचमा चढेकासहित ५२ जना यात्रु रहेको अनुमान गर्दै सुरक्षाकर्मी यात्रुको खोजीमा जुटेका छन्।

दुर्घटनामा परेका बसबाट सुरक्षाकर्मीले ४० जना घाइतेको सकुशल उद्धार गरेको छ। दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। ४ पुरुष र १ महिला सहित ५ जना हराइरहेको शङ्कामा सशस्त्र प्रहरीसहितको टोलीले खोजी जारी राखेको छ।

उद्धारमा सशस्त्र प्रहरी बलको नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाको कमान्डमा २८ जना, विपद् व्यवस्थापन बेस आदमघाटबाट डिएसपी तुला चौधरीको कमान्डमा १६ जना र आश्रित गुल्म धादिङबाट ११ जनासहित ५५ जनाको जनशक्त परिचालित भइरहेको सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

परिचालित जनशक्तिमा ९ जना गोताखोर र अन्य विपद् व्यवस्थापन तालिम प्राप्त गरेका जनशक्ति हुन्। खोजी कार्यमा दुईवटा राफ्ट्बोट समेत प्रयोग गरिएको छ। मृतक सातमध्ये २ जनाको मात्र सनाखत भएको थापाले जानकारी दिए।

२३ फागुन, २०८०, १६:००:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।