देउवा-नेपाल भेटपछि कांग्रेस नेता लेखकले भने- ‘छलफल सकारात्मक छ, निरन्तरता दिन्छौं’

देउवा-नेपाल भेटपछि कांग्रेस नेता लेखकले भने- ‘छलफल सकारात्मक छ, निरन्तरता दिन्छौं’

काठमाडौं : नेपाली कांग्रेसका नेता रमेश लेखकले पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री नेपालसँग बुधबार विहान नेपालनिवास कोटेश्वरमा छलफल भएको थियो।

छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक समेत रहेका रिजालले परिवर्तित र विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए।

‘परिवर्तित र विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको हो,’ उनले भने, ‘सकारात्मक छलफल र कुराकानी भएको छ। छलफललाई हामी निरन्तरता दिन्छौं।’

राजनीति परिवर्तन भएपछि नयाँ विकसित राजनीतिक घटनाक्रम भएपछि छलफल हुनु स्वभाविक भन्दै उनले समानान्तर गठबन्धनका लागि सबै राजनीतिक दलसँग छलफल भइराखेको बताए।

‘नयाँ विकसित राजनीतिक घटनाक्रम भएपछि छलफल हुने नै भयो,’ उनले थपे, ‘सबै राजनीतिक दलसँग छलफल भइराख्या छ।’

२३ फागुन, २०८०, ११:१६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।