बार्यन म्युनिख र पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

बार्यन म्युनिख र पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौं : बार्यन म्युनिख र पेरिस सेन्ट जर्मन (पिएसजी) युईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

गएराति भएको राउन्ड अफ १६ का दुई खेलमा लाजियोलाई ३-० ले हराउँदै बार्यन र रियल सोडिडाडलाई २-१ गोलले हराउँदै पीएसजी क्वार्टरफाइनल प्रवेश गरेका हुन्।

बार्यनको जितमा ह्यारी केनले दुई तथा थोमस मुलरले एक गोल गरे। केनले खेलको ३८औं र ६६औं मिनेटमा गोल गर्दा मुलरले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन्।

यस्तै पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई गोल गरे। खेलको १५औं र ५६औं मिनेटमा एम्बाप्पेले दुई गोल गर्दा सोसिडाडका लागि मिकेल मेरिनोले खेलको ८९औं मिनेटमा सान्त्वना गोल गरे।

प्रतियोगिता अन्तर्गत राउन्ड अफ १६ का थप दुई खेल आज राति हुँदैछ। आजको खेलमा रियल मड्रिड र लेइपजिङ तथा म्यास्चेस्टर सिटी र कोपनहेगन भिड्दैछन्।

२३ फागुन, २०८०, ०७:१३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।