घरेलु मैदानमा सेफल्ड युनाइटेडको लज्जास्पद हार, आर्सनलले ठोक्यो आधा दर्जन गोल

घरेलु मैदानमा सेफल्ड युनाइटेडको लज्जास्पद हार, आर्सनलले ठोक्यो आधा दर्जन गोल

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा आर्सनलसँग सेफल्ड युनाइटेडले ६-० को लज्जास्पद हार बेहोरेको छ।

सेफल्ड युनाइटेडको मैदान ब्रामल लेनमा भएको खेलको कुनै पनि समय घरेलु टोली खेलमा थिएन। खेलको सुरुवाती समयमै पछि परेको घरेलु टोली त्यसपछि खेलमा फर्कनै सकेन।

खेलको पाँचौं मिनेटमा आर्सनलमा मार्टिन ओडेगार्डले गोल गरेर आर्सनललाई अग्रता दिलाए। त्यसको आठ मिनेट बित्न नपाउँदै तेह्रौं मिनेटमा सेफल्डका जेडेन बोग्लेले आफ्नै पोस्ट गोल गरेर आर्सनलको अग्रता दोब्बर बनाइदिए।

त्यसपछि १५औं मिनेटमा ग्राबियल मार्टिनेली, २५औं मिनेटमा केई हाभर्ट्ज र ३९औं मिनेटमा डिक्लेन राइसले गोल गरे। पहिलो हाफमै सेफल्ड ५-० ले पछि परिसकेको थियो।

हाफटाइम पनि भने सेफल्डले केही सुधारिएको खेल खेल्यो। यद्यपि खेलको ५८औं मिनेटमका आर्सनलमा बेन ह्वाइटले एक गोल थप्दै खेललाई ६-० को स्थितिमा पुर्याए। त्यसपछि भने आर्सनलको गोलको सिलसिला रोकियो।

जितसँगै आर्सनल २७ खेलमा ६१ अंकसहित तालिकको तेस्रो स्थानमा छ। पराजित सेफल्ड समान खेलमा १३ अंकसहित पुच्छारमा छ। जारी सिजनमा उसले खेलेकामध्ये तीन खेल मात्र जितेको छ।

२२ फागुन, २०८०, ०८:००:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।