कार्यालय परिसरमै निवास थियो, झुन्डिएको अवस्थामा भेटिए सशस्त्र प्रहरीका डीएसपी

कार्यालय परिसरमै निवास थियो, झुन्डिएको अवस्थामा भेटिए सशस्त्र प्रहरीका डीएसपी

काठमाडौं : मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन्।

धनपालथान गाउँपालिका -३ स्थित सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार सोराभागस्थित सशस्त्र प्रहरीको गुल्मका प्रमुख रहेका उनी कार्यालय परिसरमै रहेको निवासमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको जनाएको छ।

बस्यालको परिवारसँग पनि सम्पर्क गर्ने प्रयास भइरहेको जनाइएको छ।

उनको मृत्युको कारण नखुले पनि उनले आत्महत्या गरेको अनुमान गरिएको छ।

२१ फागुन, २०८०, १७:२६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।