साफ यू-१६ महिला फुटबल : नेपाल र भुटान भिड्दै

साफ यू-१६ महिला फुटबल : नेपाल र भुटान भिड्दै

काठमाडौं : राजधानीमा जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ।

एन्फा मैदान सातदोवाटोमा दिउँसो ३ बजे हुने खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भुटान दुवै टिम पहिलो जितको खोजीमा छन्।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २-० को हार व्यहोरको थियो भने भुटान भारतसँग ७-० ले स्तब्ध भएको थियो।

प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश गरी ४ टिमको सहभागिता रहेको छ।

प्रतियोगिता अन्तर्गत समूह चरणमा एकले अर्कासँग खेलेपछि शीर्ष २ टिमले उपाधि भिडन्त गर्ने छन्। 

नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार भारतसँग खेल्ने छ।

यस्तै, मंगलबार भारत र बंगलादेश आमने सामने हुँदा, शुक्रबार भने बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्।

२१ फागुन, २०८०, ०७:४४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।